Blog Post

रौनक रोपाइँको : गरा हिल्याउन ८ हल गोरु, नुवाकोटको बाहुनेबेसीमा जे देखियो…

आज असार १५। धान दिवसको अवसरमा नुवाकोटको बाहुनेबेसीमा रोपाइँको बेग्लै रौनक थियो।

रोपाइँका लागि खेत चिटिक्क तयार पारिएको थियो। गराहरु हिलाम्मे बनाउन पानीको मात्र मिलाइएको, मेलो मिलाउन हलका हल गोरु लिएर हलीहरु ११ बजे नै आइपुगे। रोपहार र बाउसेहरु पनि समयमै खेतमा आइपुगे।

रोपाइँ मेला हेर्न काठमाडौंदेखि रौसेहरु पनि पुगेका थिए। काठमाडौंबाट करिब ५५ किलोमिटर टाढा रहेको बाहुनबेसीमा पर्यटन प्रवर्द्धनका लागि गरिएको रोपाइँ मेलामा उत्साहपूर्वक सहभागी थिए।

सहभागी र खेतालाहरु धान रोप्नमात्र हैन बेलाबेला हिलो छ्यापाछ्याममासमेत उत्रिँदा माहोल रमाइलो बनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Blogs

Insights, updates, and stories from the blog.

प्रहरी र प्रदर्शनकारीको झडप, पहिलो अनुभव : टाउकोमा पेस्तोल तेर्सिदाँ प्रेस कार्ड देखाएर जोगिएँ

प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५  डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…

Learn more

नुवाकोटमा जुधाउन खोजेको गोरुले मान्छे उडाउँदा… हेर्नुस् तारुका मेलाका ३० फोटो

प्रवीण रानाभाट/पहिलोपोस्ट 15th January 2019 | १ माघ २०७५  750Shares  738 माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा…

Learn more