Blog Post

टुनटाइमदेखि मिस नेपालसम्म, जब वातावरण संरक्षणमा लाग्दै आएकी सृच्छा बनिन् मिस नेपाल

प्रवीण रानाभाट/पहिलोपोस्ट 
28th May 2023 | १४ जेठ २०८० 

65Shares

facebook sharing button 65

twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

काठमाडौं : शनिवार राति सृच्छा प्रधानले मिस नेपाल २०२३ को ताज पहिरिन्। ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भएको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंकी २३ वर्षीया प्रधान मिस नेपाल वर्ल्ड घोषित भएकी हुन्।

बाल्यकालमा उनले नेपाल टेलिभिजनबाट प्रशासन हुने बाल कार्टुन शो ‘टुन टाइम’मा बाल उद्घोषिकाका रुपमा काम गरेकी थिइन्। अमेरिकामा अध्ययन गरेकी उनले विभिन्न वातावरणसम्बन्धी फेलेसिपसमेत पाएकी छिन्।

वातावरणसम्बन्धी कार्य गरिरहेका विभिन्न  संस्थासँग काम गरेकी उनले प्रकृति र मानवबिचको सम्बन्ध निकै महत्वपूर्ण रहेको बताइन्। उनले अहिलेको जलवायु परिवर्तनले विश्वमा नै ठूलो असर पारेको बताइन्।

 मिस नेपालको ताज पहिरिसकेपछि पनि उनले आफू जलवायु परिवर्तनको असर न्यूनिकरण गर्ने अभियानमा लाग्ने बताइन्। विश्वलाई सबैले मिलेर हरियाली बनाउने तर्फ लाग्नुपर्ने उनले बताइन्।

त्यसैगरी, ‘मिस नेपाल अर्थ’ दाङकी २६ वर्षीया रैना मजगैयाँले हात पारिन्। ‘मिस नेपाल इन्टरनेसनल’ ललितपुरकी २५ वर्षीया प्रसिद्धि शाह मिस नेपाल इन्टरनेसनल घोषित भइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Blogs

Insights, updates, and stories from the blog.

प्रहरी र प्रदर्शनकारीको झडप, पहिलो अनुभव : टाउकोमा पेस्तोल तेर्सिदाँ प्रेस कार्ड देखाएर जोगिएँ

प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५  डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…

Learn more

नुवाकोटमा जुधाउन खोजेको गोरुले मान्छे उडाउँदा… हेर्नुस् तारुका मेलाका ३० फोटो

प्रवीण रानाभाट/पहिलोपोस्ट 15th January 2019 | १ माघ २०७५  750Shares  738 माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा…

Learn more