Blog Post

दही सगुन लिएर निस्किएका रामचन्द्र दुबोको मालामा बोहोराटारमा इन्ट्री, १४ घण्टाका १४ क्लिक

प्रवीण रानाभाट/पहिलोपोस्ट 
9th March 2023 | २५ फागुन २०७९ 

116Shares

facebook sharing button 114

twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

काठमाडौं : बिहीवार बिहानैबाट बोहोराटारस्थित रामचन्द्र पौडेलको निवासमा घुँइचो लागेको थियो। शुभेच्छुक, नेता कार्यकर्ता शुभकामना दिन पुगेका थिए। राष्ट्रपतिको उम्मेदवार रहेका पौडेल ८ बजेतिर खाना खाइवरी निर्वाचनतिर जान तयारी गर्दै थिए।

पौडेलको पछिल्लो लय हेर्ने हो भने उनी कुनै कुरा हतारमा गर्दैनन्। कडा प्रश्न सोध्दा पनि मुसुक्क हाँसेरमात्र जवाफ फर्काउने उनको बानी देखिन्छ। बिहीवार बिहान पनि उनी खासै हतारमा देखिएनन्। खान खाइवरी उनी सुस्तै हात धोएर तलमाथि गर्दा ढिला भइसकेको थियो। लगत्तै हतारहतार पौने ९ बजे घरको मुल ढोकामा उभिए। श्रीमती सबिता पौडेलले टीका लगाइदिइन्। दही खुवाउन खोज्दै थिइन्। चम्चा फेरि छोरी अवज्ञाको हातमा पुग्यो। छिनमै चम्चा पौडेलले आफैले लिए र दहीको स्वाद लिँदै ८:५० मा स्कार्पियोमा हुँइकिए बानेश्वरतिर।

बानेश्वर पुगेर पौडेलले पहिलो मत खसाले। कन्फिडेन्ट देखिएका पौडेल सांसदहरुको सेलेब्रेटी बने संघीय संसदको भवन परिसरमा। सेल्फी लिनेको घुँइचोले पौडेललाई भ्याईनभ्याई नै भयो। यद्यपि यही माहोलमा पौडेलले आफ्ना प्रतिस्पर्धी सुवास नेम्वाङसँग अँगालो कस्न भ्याए। शुभकामना साटासाट गर्न पाए।

पौडेलले मतदानपछि आफू जनताको बाटो छेक्ने राष्ट्रपति नबन्ने प्रण गरे। ३ बजे मतदान सकियो। ७ बजे परिणाम आउने तयारी थियो। तर पाँच बजे नै मतगणना सकियो र पौडेल आफू राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र लिन आइपुगे। सोही कार्यक्रममा पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवासँग गजबले अँगालो हाले। निर्वाचित भएपछि परिवारै बानेश्वर पुगेका थिए। त्यही पौडेल दुबोको मालामा देखिए।

निर्वाचित भएको प्रमाणपत्र लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बधाई साटासाट गरेका उनी फेरि बालुवाटार पुगे। त्यहाँ पनि प्रधानमन्त्री प्रचण्डसँग बधाई साटासाट गरे। त्यसपछि पौडेल देउवा निवास धुम्बराही पुगे। यतिञ्जेलसम्म बोहोराटारमा भने उनलाई बधाई दिनेको लर्को लागिसकेको थियो। छरछिमेकदेखि नेता कार्यकर्ता खादामाला लिएर उभिएका थिए। घर झिलीमिली बनाइएको थियो। बिहान दही खाएर पौने ९ मा निस्किएका पौडेल घर फर्किँदा रातको १० बजेको थियो। झन्डै १४ घण्टापछि घर आइपुग्दा कांग्रेस वरिष्ठ नेता नवनिर्वाचित राष्ट्रपति बनेर भित्रँदै थिए भने उनको गालामा दुबोको माला सजिएको थियो।

बानेश्वर निस्कनुअघि बोहोराटारस्थित पौडेल निवासमा जे देखियो …

बिहान बोहोराटारबाट बाहिँरिदै पौडेल।
मतदानपछि सञ्चारमाध्यममा आफ्नो प्रतिक्रिया दिँदै।
पार्टी सभापति शेरबहादुर देउवासँग बधाई साटासाट गर्दै।
बोहोराटारस्थित निवासमा पौडेलको इन्ट्री।
घरभित्र दुबोको मालासहित प्रवेश गर्दै पौडेल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Blogs

Insights, updates, and stories from the blog.

प्रहरी र प्रदर्शनकारीको झडप, पहिलो अनुभव : टाउकोमा पेस्तोल तेर्सिदाँ प्रेस कार्ड देखाएर जोगिएँ

प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५  डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…

Learn more

नुवाकोटमा जुधाउन खोजेको गोरुले मान्छे उडाउँदा… हेर्नुस् तारुका मेलाका ३० फोटो

प्रवीण रानाभाट/पहिलोपोस्ट 15th January 2019 | १ माघ २०७५  750Shares  738 माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा…

Learn more