प्रहरी र प्रदर्शनकारीको झडप, पहिलो अनुभव : टाउकोमा पेस्तोल तेर्सिदाँ प्रेस कार्ड देखाएर जोगिएँ
प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५ डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…
Learn more
प्रवीण रानाभाट/पहिलोपोस्ट
6th February 2023 | २३ माघ २०७९
68Shares
38
काठमाडौं : नेपालमा नृत्य विधालाई थप विकसित गर्ने उद्देश्यले एस्थेटिक डान्स स्टुडियोले केहीसमय यता ‘नृत्य श्रृंखला’ संचालन गरिरहेको छ।वैशाख महिनाबाट सुरु भएको यो श्रृंखलाको पाचौं सिजन ‘शिव सती’ सम्पन्न भएको छ।
आइतवार राति काठमाडौंको टोखामा शिव सती नृत्य श्रृंखला ०.५ प्रस्तुत गरिएको थियो। नृत्यमा शिव र सतीको प्रेम र विछोडको कथालाई प्रस्तुत गरिएको थियो।

स्वस्थानी व्रत सकिने दिन आइतवार नृत्यमार्फत शिव र सतीको कथा भनिएको हो। दुई घण्टासम्म चलेको यो कार्यक्रममा स्वस्थानी व्रतकथामा रहेका केही कथालाई नृत्युबाट प्रस्तुत गरेका थिए। यस्तै, नेवारी र परमपरागत कथासमेत पेस गरिएको थियो। यो नृत्य श्रृंखला हेर्नका लागि सयौंको संख्यामा मानिस उपस्थित थिए।
स्टुडियोकी संस्थापक एवम् निर्देशन नम्रता केसीले गत वैशाख देखि यो नृत्य श्रृंखला सुरु गरेकी हुन्। सुरु गर्दा कोही हेर्न आउँछ कि आउँदैन भन्दै चन्तित बनेकी उनी अब नृत्य श्रृंखलालाई नियमित मञ्चन गर्ने योजना बनाइरहेको बताउँछिन्। आफूहरुको उद्देश्य नृत्यबाट कथा भन्नु पनि रहेको उनले सुनाइन्।

नम्रताले संचालन गरिरहेको डान्स स्टुडियामा नृत्य सिक्नेमा सबै महिला छन्। त्यसैले पनि महिलासम्बन्धी विषयवस्तुलाई केन्द्रमा राखेर आफूहरुले नृत्य पेस गरिरहेको उनी बताउँछन्। आइतवार भएको शिव सती श्रृंखलामा भने महिलासँगै केही पुरुषले पनि नृत्यु गरेका थिए।
नम्रताले डान्स स्टुडियो संचालन गरेको ६ वर्ष पुग्न लागेको छ। कत्थक, भरतनात्यम लगायतका विधा उनको स्टुडियोमा सिकाइन्छ। अहिले नृत्य श्रृंखलाबाट पाएको हौसला र जसले भने आफ्नो आयाम थप बढ्दै जानेमा विश्वस्त छिन् उनी। नृत्य विधालाई पनि नियमित प्रस्तुतीकरण गर्ने नै आफ्नो ध्येय रहेको उनले बताइन्।




















Insights, updates, and stories from the blog.
प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५ डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…
Learn more
प्रवीण रानाभाट/पहिलोपोस्ट 15th January 2019 | १ माघ २०७५ 750Shares 738 माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा…
Learn more