प्रहरी र प्रदर्शनकारीको झडप, पहिलो अनुभव : टाउकोमा पेस्तोल तेर्सिदाँ प्रेस कार्ड देखाएर जोगिएँ
प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५ डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…
Learn more
प्रवीण रानाभाट/पहिलोपोस्ट
3rd November 2020 | १८ कात्तिक २०७७
659Shares
597
मौसम बदलिँदो छ। बिहान बेलुकी चल्ने हावा चिसिँदै गएको छ। जाडो मौसम सुरुवातको संकेत कुहिरोले पनि दिन्छ।
हाल कुहिरोकै कारण आकर्षणको केन्द्र बनेको छ तनहुँको मनुङकोट। कोरोना भाइरस संक्रमणको महामारी र लकडाउनका कारण प्रभावित पर्यटन क्षेत्रलाई केही राहत दिँदै आन्तरिक पर्यटकको चहलपहल देखिन थालेको छ उक्त क्षेत्रमा।
तनहुँ र नजिकका जिल्लाका मानिसहरू कुहिरो हेर्नकै लागि सबेरै मनुङकोट पुग्छन्।
यस ठाउँसँग जोडिएको पौराणिक किम्बदन्ती समेत छ। कथा अनुसार मनुङकोट डाँडाबाटै कुहिरोको उत्पति भएको हो।
महर्षि वेद व्यासकी माता माछेगन्दसँग प्रेममा थिए महर्षि परासर। उनीसँगको प्रेमलीला अरुले नदेखुन् भन्ने हेतुले महर्षि परासरले कुहिरोको उत्पति गरेको कथन छ।
तनहुँ जिल्लाको सदरमुकाम दमौलीदेखि मनुङकोट पुग्न १० किलोमीटर लामो कच्ची बाटो छिचोल्नु पर्छ। गन्तव्यसम्म स्कुटर, बाइक, गाडीमा सजिलै पुग्न सकिन्छ। पैदल यात्रीले करिव १ घण्टा हिँड्नु पर्छ।
बिहान सूर्य उदाउनुअघि देखि नै कुहिरोले दमौली बजार र वरपरका हिमाललाई ढपक्क ढाक्छ। दिउँसो १२ बजेसम्म दृश्य उस्तै रहन्छ।
कुहिरो पातलिँदै गएपछि धौलागिरी, मनास्लु, लमजुङ, अन्नपूर्ण, माछापुछ्रेजस्ता थुप्रै हिमश्रृङ्खला देखिन्छ। दमौली बजार, गुणादी, मादी नदी, साङ्गे खोला र दक्षिणमा सेती नदी क्षेत्र पनि छर्लङ्ग देख्न सकिन्छ।
व्यास नगरपालिका वडा नं ५ मा पर्ने उक्त क्षेत्रमा आन्तरिक पर्यटक बढेसँगै व्यवस्थित बनाउँदै लगिएको छ। स्थानीय सरकारले केन्द्र सरकारको मातहतमा रहेर करिव ३० लाख लागतमा रेलिङ लगाउने काम सुरु गरियो।
‘रेलिङ लगाउन गत वर्षदेखि सुरु गरेका हौं। पूरा हुन बाँकी छ। लगत्तै ४० लाख लागतमा भ्यू प्वाइन्ट पनि बनाउँदै छौं’, वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए। उनका अनुसार लकडाउन र महामारी नियन्त्रणका निर्देशिकाले काम प्रभावित भएको हो। डाँडा परिससरमै रेष्ट्रो पनि बनिरहेको जानकारी दिए। त्यस्तै त्यहाँ पुग्ने बाटो पिचको काम पनि केही दिनमै सुरु हुने जानकारी दिए।
मानुङकोट प्राकृतिक हिसाबले मात्र नभइ सांस्कृतिक रुपमा पनि धनी छ। मगर जातिको बाहुल्यता रहेको यस ठाउँ कौरा नाचका लागि पनि प्रख्यात छ।
यस क्षेत्रमा प्राय हिउँदो लागेसँगै पर्यटकको चहलपहल सुरु हुन्छ। दशैंयता दैनिक एक सयभन्दा बढी मानिस प्रवेश गर्न थालेको स्थानीय व्यवसायी आरती थापाले बताइन्।
‘शुक्रबार र शनिबार ३ देखि ४ सय जनासम्म आउनु हुन्छ’, उनले भनिन्।
मानुङकोटमा पहिले ३०/४० घर थियो। ती सबै घरका मानिस खानेपानीका लागि १ घण्टा पैदल हिँड्नु पर्थ्यो। पानीको अभावकै कारण त्यहाँका मानिस बसाई सरे। हाल करिव ७ घर छ। ती सबै घरमा पसल वा ससाना होटल छन्। घुम्न पुग्ने पर्यटकहरू खाजा खान्छन्। आवश्यक परे बास समेत बस्छन्।
आरतीका अनुसार मानिसको चहलपहल भएको दिन दशदेखि पन्ध्र हजारसम्मको व्यापार हुन्छ। पर्यटन केन्द्रित होम स्टेहरू पनि बनिरहेका छन्।
स्थानीयले यस ठाउँको प्रचार, प्रवर्द्धन र पर्यटक आकर्षित गर्न प्रयास गरिरहेका छन्। हरेक हप्ता त्यहाँका बासिन्दा नगरपालिका एवं संघ संस्थाको समन्वयनमा डाँडा सफा गर्न पुग्छन्। तर, दैनिक भिड बढ्दो ठाउँमा साप्ताहिक सरसफाइ अभियान पर्याप्त देखिँदैन।
फोहोर व्यवस्थापन र पानीको समस्या समधानमा सरकारी निकायले जोड दिनु पर्ने बताउँछन् स्थानीयहरू।




















Insights, updates, and stories from the blog.
प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५ डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…
Learn more
प्रवीण रानाभाट/पहिलोपोस्ट 15th January 2019 | १ माघ २०७५ 750Shares 738 माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा…
Learn more