Blog Post

‘लुरे रोहित’लाई दशैँमा नि भएन फुर्सद, हरेक दिन गर्छन् सर्पको उद्दार, यसरी छाड्छन् जंगलमा

प्रवीण रानाभाट/पहिलोपोस्ट 
31st October 2020 | १५ कात्तिक २०७७ 

97Shares

facebook sharing button 50

twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

पोखरामा कहीँ कतै सर्प देखियो भने ‘लुरे’लाई बोलाऊ भन्ने गरेको सुनिन्छ। लुरे अर्थात् रोहित गिरी। २२ वर्षीय रोहितलाई साथीहरू लुरे भनेर बोलाउने गर्थे। अहिले त्यही नामबाट उनी पोखरामा चर्चित छन्।

सर्प देखेपछि मानिस डराउँछन्। डर त सर्पलाई झन् बढी लाग्ने रहेछ। दुवैको डरैडरमा मानिस बढी नै आक्रामक हुने गर्छन्। र, घाइते बनाउँछन् सर्पलाई। तर रोहित भने सर्पलाई साथी बनाउँदै हिँडिरहेका छन्। घाइते सर्पको उद्दारका लागि सधैँ खटिन्छन्।

१२ वर्षको हुँदा उनी पढ्ने विद्यालयको पुस्तकालयमा रहेको सर्पको उद्दार गर्ने विषयमा लेखिएको पुस्तकले उनलाई तान्यो। उनले किताब छिचोले। एकपटक उनको छिमेकीको घरमा हरेउ छिर्‍यो। विद्यालयमा सर्प उद्दारको किताब पढेकाले उनले हिम्मत जुटाए र सर्पलाई निकाले। उद्दारको पहिलो अनुभव थियो उनको। त्यसपछि उनी बिस्तारै उद्दार गर्ने, यसको महत्त्वबारे बुझाउने र सर्पलाई सुरक्षित साथ जंगलमा छोड्न जान थाले। त्यसैले पोखरामा कतै सर्प देखियो भने रोहितलाई बोलाउने गरिन्छ।

पढ्नुस्ः ‘लुरे’सँगै सर्पको उद्धार यात्राः हेर्नुस् प्रकृति पूजकको एउटा प्रेरणादायी प्रयास

पछिल्लो समय उनी हरेक दिनजसो सर्पको उद्दारमा खटिएका छन्। कोरोना भाइरसको संक्रमणका कारण गरिएको लकडाउनको समयदेखि हालसम्ममात्रै उनले करिब ५०० सर्पको उद्दार गरिसकेका छन्। रोहितले अहिलेसम्म एक हजारभन्दा बढी सर्पको उद्दार गरिसकेका छन्।

रोहित आफ्नै कामले बाहिर जाँदा समेत उनलाई सर्पको उद्दार गर्न फोन आइरहन्छ। आफ्नो काम हुँदाहुँदै उनी सर्पको उद्दारमा खटिन्छन् पनि। कहिलेकाहीँ त रेस्क्यू गरेको सर्प ब्यागमा नै बोकेर हिँड्नुपर्ने अवस्था छ।

‘लकडाउनको बेलामा एकैदिन १३ वटा सर्पको उद्दार गरेँ। कामले बाहिर निस्केको हुन्छ, सर्प आयो समाउन आइदिनुपर्‍यो भनेर फोन आउँछ। नजिकै रहेछु भने त पुगेर उद्दार गरिहाल्छु। कहिलेकाहीँ त ब्यागमा नै सर्प बोकेर हिँड्नुपर्छ। खाना पनि नखाई सर्पको उद्दारमा खट्नुपर्छ,’ उनले भने।

किताब पढेर सर्प उद्धार गर्न थालेका उनी नेसनल जियोग्राफी च्यानल हेर्दै सर्पको उद्दार कसरी गर्न सकिन्छ थप सिक्न थालेका थिए उनले। त्यहाँ रेस्क्यू गर्नेले क्यामरा पनि चलाएको देखेपछि उनलाई पनि त्यसकै रहर लाग्यो। सर्पको उद्धारसँगै सर्पको फोटोग्राफी पनि सुरु गरे। आजकल उनी सर्पको उद्धार गर्न जाँदा स्टिक र क्यामरा पनि सँगै बोकेर हिँड्छन्। यसले उनको उद्दार कार्यमा रोमाञ्चकता थपेको रहेछ। उनी आफ्नै खर्चमा यसरी सर्पको उद्दारमा खटिरहेका छन्।

यो वर्ष दशैँको समयमा पनि उनी सर्पको उद्दारमा खटिए। उद्दार गरेका सर्पहरूलाई नजिकैको जंगलमा सुरक्षित साथ छाडेका छन्।

पहिलोपोस्टका प्रवीण रानाभाट दशैँमा पोखरा पुग्दा रोहित आफूले उद्दार गरेका सर्पलाई जंगलमा लगेर छाड्ने तरखरमा थिए।

सर्पलाई उद्दार गर्दै जंगलमा लगेर छाड्दै गरेका दृश्य:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Blogs

Insights, updates, and stories from the blog.

प्रहरी र प्रदर्शनकारीको झडप, पहिलो अनुभव : टाउकोमा पेस्तोल तेर्सिदाँ प्रेस कार्ड देखाएर जोगिएँ

प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५  डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…

Learn more

नुवाकोटमा जुधाउन खोजेको गोरुले मान्छे उडाउँदा… हेर्नुस् तारुका मेलाका ३० फोटो

प्रवीण रानाभाट/पहिलोपोस्ट 15th January 2019 | १ माघ २०७५  750Shares  738 माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा…

Learn more