नुवाकोटमा जुधाउन खोजेको गोरुले मान्छे उडाउँदा… हेर्नुस् तारुका मेलाका ३० फोटो
प्रवीण रानाभाट/पहिलोपोस्ट 15th January 2019 | १ माघ २०७५ 750Shares 738 माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा…
Learn more
प्रवीण रानाभाट/पहिलोपोस्ट
21st July 2018 | ५ साउन २०७५
डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको क्लिप्सहरु क्लिक गर्दै थियौं। यसैक्रममा बबरमहल हुँदै तरुण दलको भीड एक्कसी आइपुग्यो। भीडलाई प्रहरीले निषेधित क्षेत्र नतोड्न आदेश दिइरहेको थियो। तर, त्यो भीडले के मान्थ्यो। भीड निषेधित क्षेत्र तोडेर अघि बढ्यो।
शान्तिपूर्ण तरिकाले प्रदर्शन चलिरहेको नयाँ बानेश्वर एकाएक रणभूमिमा परिणत भयो। तरुण दलको भीडबाट ढुंगा वर्षियो। जवाफमा प्रहरीबाट लाठी चार्ज र अश्रुग्यास। मैले फोटो पत्रकारिता शुरु गरे यता यस्तो भिडन्तको अनुभव पहिलोपटक गर्दै थिएँ। जिम्मेवारी थियो- झडपका फोटोहरु खिच्ने। चुनौती र अवसरसँगै थिए।
दर्जनौं पटक यस्ता झडपको सटर दबाइयो। सँगैका फोटो पत्रकार साथीहरु आँखा मिच्दै भाग्न थाले। यस्तो बेलामा हेल्मेट सम्झें। चश्मा र मास्क भए अझै बढी सुरक्षित हुने थिएँ झै लाग्यो। छिनमै मेरा आँखामा पनि पिरो पस्यो। सास फेर्न गाह्रो भयो। आँखा मिच्दै मुख टिसर्टले छोपेर झडपका दृश्यहरुका लागि क्यामराको सटर दबाइराहे।
यही क्रममा आफ्नै टाउकोमा पेस्तोल तेर्स्याए एक प्रहरीले। सबलाई हान्दिन्छु – इन्द्रेणी फुडल्यान्ड अगाडि रिसले चुरचुर ती प्रहरी यसो भन्दै सबैलाई पेस्तोल तेर्स्याइरहेका रहेछन्। मलाई निशाना बनाउँदा भने म झस्किएँ।
कतै फायर खोलिहाल्ने हैन, डराएको मनले हातलाई तुरुन्त निर्देशन दिएछ- प्रेस कार्ड निकाल केटा, देखाइहाल।
निर्देशन तुरुन्त मानेछ हातले र आवाज पनि निस्किएछ-सर म प्रेसबाट।
कार्ड देखाएपछि जोगिएँ।
नजिकै प्रेसका साथीहरु थिए-उनीहरुलाई पनि ती प्रहरीले त्यसैगरी पेस्तोल देखाउँदै तर्साए। मुटु उफ्रिन थाल्यो। त्यहीबेला भीडमा ताक्न थाले ती प्रहरीले। प्रहरीको लाठी खाएर उग्र बनेका भीडले ती प्रहरीमाथि ढुंगा बर्साउन थाले।
प्रहरी त्यसपछि इन्द्रेणी ब्याङ्क्वेटमा छिरे ज्यान जोगाउन। यहीबेला आन्दोलनकारीले इन्द्रेणीमै ढुंगा हाने। प्रहरीलाई निकाल भन्दै तोडफोड मच्चियो। नजिकैको पार्किङमा मन्त्रीका गाडी र सरकारी गाडी रहेछन्।
प्रहरी नभेटेको झोंकमा आन्दोलनकारीले त्यही गाडी तोडफोडमा उत्रिए। त्यहाँ प्रहरीको हुल आयो र अश्रुग्यास हाने। तितरबितर भयो भीड। यताबाट प्रहरीको अश्रुग्यास उताबाट ढुंगा। प्रदर्शनकारीले प्रहरीले हानेको अश्रुग्यास प्रहरीतिरै टिपेर फालेको देख्दा मलाई अचम्म लाग्यो।
पछि प्रहरीले फोटोपत्रकारलाई जोगाउँदै फोटो खिच्ने वातावरण बनाइदियो। र प्रदर्शनकारीलाई तितरवितर पारिदियो। यही क्रममा फोटोका केही साथीहरु घाइते भएछन्।
Insights, updates, and stories from the blog.
प्रवीण रानाभाट/पहिलोपोस्ट 15th January 2019 | १ माघ २०७५ 750Shares 738 माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा…
Learn more
एउटा खत्रा मान्छे भेट्न जानु छ है। तेरो लागि काम देखाउने ठाउँ हुनसक्छ।’ ऋषि सरको त्यो बोलीले निक्कै उत्साह बढेको…
Learn more