Blog Post

बबरमहलमा विप्लवका कार्यकर्ता र प्रहरीबीच मुठभेड

प्रवीण रानाभाट/पहिलोपोस्ट 
14th June 2023 | ३१ जेठ २०८० 

twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता/कार्यकर्ताहरुले जिल्ला अदालत काठमाडौं अगाडि विरोध प्रदर्शन गरेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस चलिरहँदा उनीहरुले अदालत अगाडि प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरुले ‘देशद्रोहीहरुको पक्षमा वकालत गर्ने पाइँदैन’ भन्दै उक्त प्रकरणमा संलग्नहरुका अधिवक्ताविरुद्ध नाराबाजी गरेका थिए। मुद्दा चलिरहँदा त्यसलाई प्रभावित पार्ने गरी प्रदर्शन गर्न नपाइने भन्दै उनीहरुलाई हटाउने प्रयास गरेको थियो।

सो क्रममा प्रदर्शनकारीहरु र प्रहरीबिच धकेलाधकेल भएको थियो। प्रहरीले उनीहरुलाई बल प्रयोग गरेर तितरबितर पार्ने कोशिस गरेको थियो। प्रहरीले दर्जनभन्दा बढी प्रदर्शनकारीहरुलाई पक्राउ पनि गरेको छ।

जिल्ला अदालत काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना उपस्थित गराइएको छ। थुनछेक बहसको लागि उनीहरुलाई उपस्थित गराइएको हो। उक्त प्रकरणमा प्रतिवादी बनाइएका १२ जना भने अझै फरार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Blogs

Insights, updates, and stories from the blog.

प्रहरी र प्रदर्शनकारीको झडप, पहिलो अनुभव : टाउकोमा पेस्तोल तेर्सिदाँ प्रेस कार्ड देखाएर जोगिएँ

प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५  डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…

Learn more

नुवाकोटमा जुधाउन खोजेको गोरुले मान्छे उडाउँदा… हेर्नुस् तारुका मेलाका ३० फोटो

प्रवीण रानाभाट/पहिलोपोस्ट 15th January 2019 | १ माघ २०७५  750Shares  738 माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा…

Learn more