Blog Post

बाबु सुतेको बाकसमा न पापा थियो न नाना नै…

प्रवीण रानाभाट/पहिलोपोस्ट 
23rd January 2021 | १० माघ २०७७ 

730Shares

facebook sharing button 592

twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

तीन वर्षीय सुमन तामाङ जहाँ खेलिरहेका थिए त्यो ठाउँ थियो शवदाह गृह। सानो उमेरका उनी त्यहाँ दङ्ग पर्दै उफ्रिँदै थिए। उनकी सानीआमाले बाबासँग भेटाउने आश्वासन दिएर यहाँसम्म ल्याएकी हुन्।

उनका बुबा सूर्यबहादुर तामाङ मलेसियामा थिए। सुमन जन्मिएको केही महिनापछि विदेशिएका थिए सूर्य। त्यसैले छोरासँग लामो समय बिताउन पाएका थिएनन्। देश फर्कँने र छोराछोरीसँग भेट्ने हतारो थियो उनमा पनि। कोरोना भाइरसको महामारी फैलियो, लकडाउन भयो त्यसपछि सोचेका कुराहरु किन पुग्थे। जे होस् यसै वर्षको अन्त्यतिर नेपाल आउने योजना चाहिँ जोगाएरै राखेका थिए।

शनिवार सूर्यबहादुर काठमाडौं अवतरण त गरे तर, काठको बाकसमा।

बुबा एयरपोर्टबाट आफू खेलिरहेको ठाउँमा आइपुगेको थाहा पाउँदा सुमनको उत्साह चुलिएको हुनुपर्छ। तर, बाबा बसेको बाकसमा न आफ्ना लागि किनेको पापा थियो न नाना र चाचाको झोला नै। उनीसँगै थिइन् ९ वर्षीया दिदी सुस्मिता। उनका आँखा टल्पलाइरहेका थिए। भाइको हात समातेर सुक्कसुक्क गरिरहेकी दिदीलाई सुमन सोध्दै थिए – ‘तिमीलाई पनि केही ल्याइदिएको छैन?’

अवोध बालकको बोली सुनिरहेका आफन्तले आफैलाई थाम्न सकेनन्। भक्कानिए।

२९ वर्षीय सूर्यबहादुर छोराछोरीलाई सुन्दर भविष्य दिनकै लागि विदेशिएका हुन्। एउटा देशमा नभए अर्कोमा कमाइ अलि बढी हुन्छ कि? भन्ने आशाले कहिले बहराइन पुगे, कहिले मलेसिया। तर, खुशी कमाउन गएका उनको जीवनमा दु:खको श्रृङ्खला श्रीमतीले अर्कै विवाह गरेपछि सुरु भयो।

एक्लिएका छोराछोरीकै लागि भए पनि नेपाल फर्कनु थियो। तर, गत मंसिर २८ गते निदाएका उनी बिउँझिएनन्। सुमन र सुस्मिता टुहुरो भए। आमापछि बुबा पनि कहिल्यै नफर्कँने गरी गए।

‘कहाँ?’

सुमन वृद्ध हजुरबुबालाई सोध्छन्। उनका हजुरबुबा छोराको मृत्युको शोकले गलेका छन्। टाउकोमा हात राखेर रोइरहेका उनले भने, ‘खेती किसानी गरेरै खान पुगिहाल्थ्यो। विदेश नगएको भए आज यो सबै भोग्नु पर्दैन थियो।’

शनिवार यस्तै कारुणिक अवस्था भोग्नुपर्‍यो १८ नेपालीको परिवार र आफन्तले। नेपाल वायुसेवा निगमको वाइड बडी जहाज ए ३३० मार्फत् उनी १८ जना नेपालीको शव ल्याइएको हो। शवसँगै एकजनाको अस्तु पनि नेपाल ल्याइएको थियो।

मलेसियाबाट बाकसमा यसैगरी शब ल्याइएको थियो। सबैका कथा उस्तै थिए – बियोगका।
कमाउने धुनमा विदेश पुगेर मृत्युपछि पनि लामो समय बाकसमै थिए शबहरु। ती आज काठमाडौं ल्याइयो।
आफन्त फर्केको खुशीयालीमा विमानस्थल पुग्नेभन्दा बिरहलाग्दो दृष्य देखिन्थ्यो विमानस्थलमा।
विदेशमा बितेर काठमाडौं शब ल्याइरहँदा विदेश जाँदै गरेका युवाहरु पनि मलिन अनुहार लगाइरहेको देखिन्थ्यो
शव यात्रामा परिवारका सदस्यहरु यसैगरी लागे अन्त्यष्टि गर्ने ठाउँतिर।
विदेश जाँदा भिसा लागेजस्तै फर्केर ल्याइँदा उनीहरुको पहिचानका लागि टाँसिएको थियो त्यस्तै विवरण।
आफन्तको शव भेटेपछिको बियोगको दृष्य। मृत्युको खबर त पहिले नै थियो उनीहरुलाई।
मृत्यु संस्कारका लागि परम्पार छाडेनन् उनीहरुले। 
३ वर्षको बालक बाबुको शबमा खादा ओडाउँदै। 
बाबुको मुखमा पानी हाल्दै बालक। टुहुरो हुनुको संस्कार पूरा गरिरहेका थिए बालक।
अलबिदा।

730Shares

facebook sharing button 592

twitter sharing button 136

pinterest sharing button
email sharing button
sharethis sharing button

https://www.facebook.com/v2.8/plugins/comments.php?app_id=226400844478478&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Df76eacee88b9be%26domain%3Dpahilopost.com%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fpahilopost.com%252Ff124171fa771f9%26relation%3Dparent.parent&container_width=904&height=100&href=https%3A%2F%2Fpahilopost.com%2Fcontent%2F20210123184546.html&locale=ne_NP&numposts=5&sdk=joey&version=v2.8&width=550

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Blogs

Insights, updates, and stories from the blog.

प्रहरी र प्रदर्शनकारीको झडप, पहिलो अनुभव : टाउकोमा पेस्तोल तेर्सिदाँ प्रेस कार्ड देखाएर जोगिएँ

प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५  डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…

Learn more

नुवाकोटमा जुधाउन खोजेको गोरुले मान्छे उडाउँदा… हेर्नुस् तारुका मेलाका ३० फोटो

प्रवीण रानाभाट/पहिलोपोस्ट 15th January 2019 | १ माघ २०७५  750Shares  738 माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा…

Learn more