Blog Post

लकडाउनमा बिहे : मास्क लगाएर जन्ती, स्वागतमा स्यानिटाइजर, झुल काटेर डेकोरेसन

प्रवीण रानाभाट/पहिलोपोस्ट 
6th May 2020 | २४ बैशाख २०७७ 

14.6kShares

facebook sharing button 14.5k

twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

काठमाडौं : दश वर्ष पुरानो झुल अप्रत्यासित रुपमा लकडाउनमा प्रयोगमा आयो। झुल काटियो र बन्यो – सजाउने सामग्री। तयारी थियो, बिहेको। लकडाउनले सबै बन्द भएपछि आवश्यक सामग्री पाउने कहाँ? बिहेमा खाद्यान्नले मात्र नहुने! विधि फुकाउने सामान पाउनै कठिन। सजिसजाउका सामग्री त कहाँबाट पो किन्नु? त्यसैले झुलमात्र होइन, सिरकको खोल पनि सजावटमा प्रयोग भयो।

टोल सिंगै सुनसान, बेहुलीको घरको छतमा बन्यो मण्डप। जन्ती १० जनामात्र। गोकर्णदेखि सिफलसम्म जन्ती देख्दा वरपरकाले अनौठो मान्दै हेरिरहेका थिए। लकडाउनमा बिहे आफैँमा कठिन। बिहेका दृष्य हेर्दा निक्कै रोचक लाग्थ्यो।

गोकर्णका रवि श्रेष्ठ र सिफलकी सोनी श्रेष्ठबीचको यो विवाहमा आउनेहरुको सबैको मुखमा मास्कले ढाकेको थियो। जन्ती आइपुग्नासाथ स्वागत गरियो – स्यानिटाइजरले। जन्ती पर्सिनेदेखि टीका लगाउनेसम्मका काम मास्क लगाएरै सकियो।

त्यसो त जन्तीमात्र १० जना होइन, सोनीका नजिकका आफन्तहरु पनि बिहेमा आउन पाएनन्। पाटनमा बस्ने ठूलो बुबाको परिवारसमेत बिहेमा आउन सकेनन्।

नजिकका साथीहरु पनि आउन सकेनन्। बेहुली बिहेको मण्डपमा फोन उठाउन व्यस्त रहिरहिन्। जो जो आउन सकेनन् उनीहरु मोबाइल नेटवर्कबाटै बिहेमा सहभागिता जनाइरहेका थिए – अभौतिक रुपमा।

‘बिहे त धुमधामले गर्न मन थियो तर लकडाउनले केही गर्न पाइएन,’ सोनीका आमा सुनाउँदै थिइन्, ‘जुरेको लगन छाड्न पनि भएन। मान्छे आउन सक्ने पनि भएनन्।’

बिहेका लागि साइत जुर्नु ठूलो कुरो थिएन। त्यसबाहेक अरुतिरको पनि अनुमति चाहिन्थ्यो जस्तो कि वडा कार्यालय। उनीहरुले बिहे गर्न अनुमति वडाबाट लिएका रहेछन्। वडाको अनुमतिपत्र राखेर बिहे हुनु आफैँमा अनौठो घटना बन्यो।

बेहुला रविलाई जन्ती आउने पनि सजिलो थिएन। बाटोबाटो चेक हुने भएकाले सबैलाई ल्याउन कठिन। १० जनालाई ल्याउन उनले पनि आफ्नो वडा कार्यालयबाट सिफारिसपत्र ल्याएका थिए। गाडीमा शुभ विवाहको तुल टाँगेर आउँदा पनि प्रहरीले भने रोकेरै सोधपुछ गरे। उनीहरुले सिफारिस पत्र देखाए अनि बेहुलीको घरसम्म पुगे।

बिहे परम्परागत हिसाबले पूरै विधिविधानसहित पूरा भयो।

घरको छतमा बिबाह सकियो। फोटो खिच्न क्यामरा पर्सन पाउने कुरै भएन। बेहुला रविका भाइ आफैँ दाजुको बिहेको फोटोग्राफर बनिरहेका थिए। तर, निर्धक्क फोटो खिच्न ठाउँ पाउनु कहाँ? उनीहरुले जति फोटो खिचे ती अधिकांश कोठाभित्रै।

बेहुलीको घरमा मेहन्दी कार्यक्रम
बिहेको एक दिन अघि दिदीलाई सजाउँदै बहिनी
बिहेको श्रृङ्गार सुरु
बिहेमा आउन नपाउनेहरुको लगातार कल
सुनसान टोल
आयो बेहुलाको गाडी
मास्क लगाएर उत्रिए बेहुला
गाडीभित्र बेहुला
मास्क लगाएरै स्वागतमा बेहुली पक्ष
टीका लगाएर स्वागत गर्दै बेहुली पक्ष
छतमा बनेको मण्डपमा बिहे सुरु
घरभित्रै फोटो सुट
मास्क लगाएरै बिहे

14.6kShares

facebook sharing button 14.5k

twitter sharing button 158

pinterest sharing button
email sharing button
sharethis sharing button

https://www.facebook.com/v2.8/plugins/comments.php?app_id=226400844478478&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Df1d5c53b1a0df3a%26domain%3Dpahilopost.com%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fpahilopost.com%252Ff2948ae1a4d1d0e%26relation%3Dparent.parent&container_width=904&height=100&href=https%3A%2F%2Fpahilopost.com%2Fcontent%2F20200506132442.html&locale=ne_NP&numposts=5&sdk=joey&version=v2.8&width=550

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Blogs

Insights, updates, and stories from the blog.

प्रहरी र प्रदर्शनकारीको झडप, पहिलो अनुभव : टाउकोमा पेस्तोल तेर्सिदाँ प्रेस कार्ड देखाएर जोगिएँ

प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५  डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…

Learn more

नुवाकोटमा जुधाउन खोजेको गोरुले मान्छे उडाउँदा… हेर्नुस् तारुका मेलाका ३० फोटो

प्रवीण रानाभाट/पहिलोपोस्ट 15th January 2019 | १ माघ २०७५  750Shares  738 माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा…

Learn more