प्रहरी र प्रदर्शनकारीको झडप, पहिलो अनुभव : टाउकोमा पेस्तोल तेर्सिदाँ प्रेस कार्ड देखाएर जोगिएँ
प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५ डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…
Learn more
प्रवीण रानाभाट/पहिलोपोस्ट
21st April 2022 | ८ बैशाख २०७९
111Shares
103
पोखरा : झापाका श्याम देवान बाल्यकालदेखि नै मोटरसाइकल चलाउन सौखिन थिए। १४ वर्षको हुँदै उनले मोटरसाइकल हाँकेका थिए। रोयल इन्फिल्ड कुदाउन मज्जा लाग्ने बताउने देवान ‘पिएजर राइडिङ’मा विश्वास गर्छन्। अहिले ६८ वर्ष पुगेका उनी गत हप्ता रोयल इन्फिल्डमा हुँकिइदै पोखरा पुगे।
चैत ३० गते काठमाडौंबाट पोखरासम्म ‘पोकर रन’को आयोजना गरिएको थियो। ११७ वटा बाइकमा राइडरहरु करिब २०० किलिमिटर दुरी पार गर्दै पोखरा पुगेका थिए। त्यही राइडरहरु बिच थिए देवान। सन् २००९ देखि सुरु भएको पोकर रनको यो संस्करणमा उनी पहिलोपटक राइडर बनेर पुगेका थिए। यही कार्यक्रमका लागि भन्दै उनी झापादेखि नै आफ्नो रोयल इन्फिल्डमा आएका थिए काठमाडौंसम्म।
कतै अफ रोड त कतै राजमार्गको घुमाउरो बाटो। झापाबाट काठमाडौं र काठमाडौंबाट पोखरा जाँदा करिब ७०० किलिमिटर पार गरेका उनले युवाहरुसँगै यात्रा गर्न पाउँदा आफू हौसिएको बताए। यसअघि भने उनी एक्लै आफ्नो मोटरसाइकलमा देश घुम्थे।
भने, ‘पोकर रनमा पहिलो राइड हो मेरो। युवाहरुसँग नजिक हुने अवसर पाएँ। यहाँ आएर नानीहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ।’
पोकर रनमा सँगै पोखरा पुगेका युवा राइडरहरुलाई उनले ‘पिएजर राइडिङ’का लागि सुझाव पनि दिए।
अहिले एक विद्यालयमा प्रधानाध्यापक रहेका उनले भने, ‘बिस्तारै चलाउनुहोस्। राइडिङको आनन्द लिनुहोस्। नेपालमा यति राम्रो ठाउँ छ। त्यहाँ घुम्न जानुस् अनि थप आनन्द हुन्छ।’.jpg)
कसरी सुरु भयो पोकर रन?
रवि थापा, विनोद आचार्य क्षेत्री लगायतका साथीहरु समय मिलेसँगै बाइक राइडिङमा जाने गर्थे। नेपालका कयौं ठाउँ पुग्थे। तिब्बत, ल्हासासम्म बाइकमा पुग्थे। उनीहरुको एडभन्चर राइडिङ चल्दै थियो, सन् २००६ मा विनोद आचार्य क्षेत्री भने अस्ट्रेलिया गएका थिए। त्यहाँ स्टिभ म्याक्लिन पोकर रन संचालन गर्थे। स्टिभसँग भेटेर फर्किएका विनोदले रविलाई एउटा प्रस्ताव राखे : नेपालमा पनि पोकर रन सुरु गरौ।
सानो टुरमै मान्छे जुटाउन गाह्रो हुने भन्दै रविले सोधे : पोकर रनमा मान्छे कसरी जुटाउने? पोकर रनको कुराअघि बढेन। सन् २००८ मा विनोदको मृत्यु भयो। हाइ ब्लड प्रेसरबाट पीडित ३३ वर्षीय विनोदको ह्द्यघाटबाट मृत्यु भएको थियो। त्यसको अर्को वर्ष भने अस्ट्रेलियाबाट स्टिभ नेपाल आए। अनि विनोदले नेपालमा पोकर रन संचालन गर्ने देखेको सपना सुरु गर्नेबारे रविले स्टिभसँग कुरा गरे।
‘कसरी सुरु गर्ने त नेपालमा पोकर रन?’ रविले स्टिभलाई प्रश्न गरे। जवाफमा स्टिभले पोकर रन आयोजना गर्न गाह्रो नहुने भनिदिए।
‘बाइकरहरुलाई एक ठाउँ बोलाउने। प्रवेश शुल्क उठाउने। र ठाउँठाउँमा कार्डहरु दिने। र अन्त्यमा जो सँग बढी पोकर रन हुन्छ उ जित्छ,’ स्टिभले भने। पोकर रनमा राइडरहरु बियर खाँदै जान्थे। तर नेपालमा त्यो सम्भव थिएन। त्यसैले ठाउँ ठाउँमा गिफ्ट भाउचर दिने योजना बनाएर सन् २००९ बाटै नेपालमा सुरु भयो पोकर रनको पहिलो संस्करण।
नयाँ वर्षको समय पारेर १२ वटा बाइकमा २२ जनाले पहिलो पोकर रनमा भाग लिए। यात्राको गन्तव्य थियो सिन्धुपाल्चोकको लास्ट रिसोर्ट। त्यहाँ एक रात बिताएर टोली काठमाडौं फर्कियो। अर्को वर्ष चितवन पुग्यो पोकर रन। ५० जनाको समूहले त्यहाँ एक रात बितायो। भोलिपल्ट फर्किँदा केही राइडरहरु कुलेखानीमा बसिरहेका थिए। उनीहरुले रविलाई भने : पोकर रन दुई रात गर्नपर्छ जस्तो छ। एक दिन चलायो राति रमाइलो गरेर भोलि फर्किँदा थाक्ने रहेछ।
रविलाई कुरा ठिकै लाग्यो। अनि अर्को वर्षदेखि पोकर रन ‘टु नाइट’ ट्रिप भयो।
सन् २०११ मा नेपाल भ्रमण वर्ष थियो। सेक्रेट समिटले आयोजना गर्ने पोको रन संचालनका लागि आयोजकले नेपाल पर्यटन बोर्डसँग पनि सहकार्य गर्ने निर्णय गर्यो। बेल्जियम, जर्मनीलगायत १७ देशबाट १२५ राइडरहरुले त्यो वर्ष पोकर रनमा सहभागिता जनाए। डेस्टिनेसन थियो : काठमाडौं टु पोखरा। त्यसपछि पनि पोकर रन जारी रह्यो र नेपाली राइडरहरु पनि थपिँदै गए।
यो वर्ष पनि पोकर रन पोखरा पुग्यो। करिब ३०० जनाको ठूलो समूह ठाउँठाउँमा गिफ्ट बटुल्दै काठमाडौंबाट अघि बढ्यो। पोकर रनकै लागि भनेर यो वर्ष भारतको राजस्थान, सिक्किम, दार्जलिङदेखि नै राइडहरु बाइकमै काठमाडौं आएका थिए। नेपालका कयौं जिल्लाका राइडरहरु पनि काठमाडौं आएका थिए। त्यहीबाट सँगै उनीहरु पोखरा पुगेका थिए।
भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डबाट रोयल इन्फिल्ड लगायतका ३०० सिसि माथिका बाइकमा पोखरा पुगेका राइडरहरुलाई बोर्डकै सदस्यहरुले स्वागत गरेका थिए। न्यू एयर इभमा सांगीतिक कार्यक्रमपछि पोकर रनमा सहभागी भएका सबैभन्दा वृद्ध राइडर, सबैभन्दा कम उमेरको महिला राइडर, सबैभन्दा बढी यात्रा गरेर आउने राइडरहरुलाई सम्मान गरिएको थियो। यस्तै, पोकर रनमा सहभागी बाइकमध्ये अरुको भन्दा भिन्न देखिने बाइक छनोट गरि पुरस्कृत गरिएको थियो।
पोखरामा आयोजकको तर्फबाट बालगृहलाई सहयोग हस्तान्तरण गरिएको थियो। आयोजकले अर्को वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन्।










111Shares
103
Insights, updates, and stories from the blog.
प्रवीण रानाभाट/पहिलोपोस्ट 21st July 2018 | ५ साउन २०७५ डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको…
Learn more
प्रवीण रानाभाट/पहिलोपोस्ट 15th January 2019 | १ माघ २०७५ 750Shares 738 माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा…
Learn more